crime news of Nepal

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस


आफूलाई प्रहरी बताउने दुईजनाले डेटिङमा गएकी युवतीलाई धम्क्याएर सामूहिक बलात्कार गरेका छन् । यौन सम्बन्ध राख्न नदिए थुनिदिने धम्की दिएर रसुवाका लाकु ग्याल्बो घले र रामेछापका अनिल खड्काले युवतीमाथि बलात्कार गरेका हुन् । दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ ।
घटना गत १२ साउनमा बलाजुमाथिको मड्खु भ्यूटावरनजिकै भएको थियो । कपन बस्ने एक १८ वर्षीया युवतीलाई उनीहरुले भ्यूटावरनजिकै मकैबारीमा सामूहिक बलात्कार गरेका हुन् । घले र खड्कालाई भक्तपुर प्रहरीले नगरकोटबाट पक्राउ गरेको हो ।

यसरी भयो घटना

त्यसअघि युवती आफ्ना प्रेमीसँग पशुपति मन्दिर घुम्न गएकी थिइन् । त्यहाँ प्रेमीसँग फोटो खिच्ने क्रममा घले र खड्काले आफूहरुलाई प्रहरी भएको बताएर सार्वजनिक स्थानमा अमर्यादित गतिविधि गरेको भन्दै नियन्त्रणमा लिए ।
युवकलाई खड्काले तथा युवतीलाई घलेले नियन्त्रणमा लिएका थिए ।
घलेले युवीलाई हिँडाउँदै पशुपति मन्दिरबाट चाबहिलसम्म पुर्याएपछि बालाजुस्थित प्रहरी कार्यालय लैजाने भन्दै बस चढाएर त्यसतर्फ लगेका थिए ।
भ्यूटावरनजिक पुर्याएपछि यौनसम्पर्क गर्न दिए छाडिदिने र नदिए जेलमा थुनिदिने भन्दै धम्क्याएर मकैबारीमा सामूहिक बलात्कार गरेका थिउ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।






भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment