भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
ट्रकका चालक बारा, गण्डकका ३० वर्षीय हेमन्त खड्काको ट्रकमा च्यापिएको अवस्थामा उद्धार गरेर अस्पताल ल्याइएकामा उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ ।
दुर्घटनामा दुवै ट्रक र बसमा सवार चालक, सहचालक र यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँबाट वीरगन्ज जाँदै गरेको ना५ख ३७४३ नंको बस र नारायणगढतर्फ आउँदै गरेको ना६ख ६७९३ नंको ट्रक ठोकिँदा सो दुर्घटना भएको हो ।
अर्को समाचार
पर्वतको धाइरिङ-३ ठुलोपहिरोमा शनिबार भएको जीप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् ।
ग १ ज ५१०२ नम्बरको जीप सडकबाट झण्डै ६० मिटर तल पल्टिदा तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
म्याग्दीको ज्यामरुककी राममाया दमाईको घटनास्थलमै र कास्कीको रिवाङ-९ का ५० बषिर्य दिलकुमारी बुढाथोकी र हरिमाया पुनको म्याग्दीको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पर्वत प्रहरी प्रम्ख शेखर खनालले जानकारी दिए ।
घटनामा आठ जना यात्रु घाइते छन् । घाइतेमध्ये रिवाङ-९ कास्कीकी १४ बषिर्या अमृता पुनको अवस्था गम्भिर छ । उनाको म्याग्दी जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि पोखरा रिफर गरिएको छ । अन्य घाइतेको म्याग्दीमै उपचार भइरहेको छ ।
0 comments:
Post a Comment