Balatkar garne prayesma...

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस



करिब १ महिनाअघि ललितपुरको एक रेष्टुरेन्टमा भण्डारी, सापकोटा, राप्रपाका असन्तुष्ट नेता र सिन्धुपाल्चोकका सापकोटा थरकै एक युवक ‘सोमरस’ पान गर्ने उद्देश्यसहित भेला भएका थिए । माओवादी प्रवेशको तयारीमा रहेका भनिएका राप्रपा संवद्ध ती नेताले यसकै खुसीयालीमा उक्त जमघट गरेको बताइन्छ । प्राप्त समाचारअनुसार, जमघटपछि उनीहरुले राति १२ बजेसम्म रेष्टुरेन्टमा मदिरापान गरेका थिए ।

स्रोतका अनुसार, मदिरापानका कारण चेतन र गणेश सम्हालिनै सकेका थिएनन् । मदिराले मात्तिएर घर जान सक्ने अवस्थामा नभएपछि चेतन र गणेशलाई ती नेताले आफ्नो चापागाउँस्थित निवासमा लिएर गएका थिए । प्रेमले आफ्नो निवासमा भण्डारी र सापकोटालाई लगेर टिभी हेर्दै गरेकी श्रीमती र गितार बजाइरहेकी छोरीलाई बोलाएर परिचय गराएका थिए । गितार बजाइरहेकी छोरीलाई छाडेर नेता दम्पत्ति सुत्न गए पनि सापकोटा र भण्डारी गितार सिकाउने बाहनामा छोरीसँग जिस्किएर बसेका थिए ।

गितार सिकाउँदा सिकाउँदै सापकोटा र भण्डारीले नेताकी छोरीका अंगमा स्पर्श गरेका थिए । कुनियत राखेर स्पर्श गरेका सापकोटा र भण्डारीद्वयको पञ्जाबाट उम्कन खोज्दा–खोज्दै बलात्कार प्रयास भएपछि उनकी छोरी चिच्याएको बताइन्छ । छोरी चिच्याएपछि अत्तालिएका बाबुले उनीहरुको कर्तुत थाहा पाएपछि बेस्सरी भकुरेका थिए । ‘रामधुलाई’ भेटेपछि जुत्ता–चप्पल छाडेर सापकोटा र भण्डारी राति नै भागेका थिए ।

गम्भीर प्रकृतिको यो घटनापछि ती नेताले प्रहरीमा उजुरी हाल्न रोकेर माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा उजुरी हाल्न लगाइएको थियो । उजुरीलगत्तै माओवादी केन्द्रले सांस्कृतिक विभाग इञ्चार्ज विश्वभक्त दुलाल आहुतिको नेतृत्वमा दुई सदस्यीय छानबिन टोली बनाएको थियो ।

छानबिन टोलीले सापकोटा र भण्डारीले मदिरापान गरेर ती नेताको छोरीमाथि दुव्र्यवाहर गरेको पाइएको र कारबाहीका लागि पार्टी कार्यालयमा प्रतिवेदन बुझाएको आहुतिले बताए । ‘भण्डारी र सापकोटामा गम्भीर सांस्कृतिक विचलन देखिएको छ,’ आहुतिले भने, ‘उनीहरुलाई कारबाहीको लागि सिफारिस गर्दै पार्टीलाई प्रतिवेदन बुझाएका छौं ।’ उनले कस्तो कारबाहीको सिफारिस गर्नुभयो रु भन्ने प्रश्नमा भने यसबारे अहिले केही भन्न नमिल्ने बताए । आजको  साप्ताहिकमा........












भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment