भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
शुक्रबार बिहानै काठमाण्डौको गोपिकृष्ण हल पुगेका कलाकारद्धय दीपाश्री निरौला र प्रियंका कार्कीको आँखामा आँशु टिलपिलियो । दीपा र प्रियंका एकाएक रुन थाले । दीपा र प्रियंका रोएपछि छेउमै रहेका कलाकार तथा निर्माता दीपकराज गिरीको अनुहार पनि केही मलिन भयो ।
आखिर, एक बिहानै हल पुगेर दीपा र प्रियंका किन रोएका होलान् ? यी दुई कलाकार रुनुको कारण हो, ‘छक्का पन्जा’लाई दर्शकले दिएको माया । एक बिहानै काठमाण्डौको गोपिकृष्ण हलमा दर्शकको उच्च चाप भएपछि खुशीको आँशु झादै निर्देशक र नायिका रोएका हुन् । उनीहरुले चलचित्रका लेखक, कलाकार तथा निर्माता दीपकराज गिरीको गालामा चुम्बन पनि गरे ।
आजबाट रिलिजमा आएको दीपाश्रीको डेब्यू निर्देशन रहेको यो चलचित्रले मल्टिप्लेक्समा १२ बजेपछि राम्रो व्यापार गरिरहेको छ भने सिंगल हलमा बिहानी शोबाटै दर्शक तानेको छ । भोली शनिबारको दिन चलचित्रको व्यापार आक्रमक हुने अनुमान गरिएको छ । मल्टिप्लेक्समा आज र भोलीका लागि बुकिङ पनि सुखद छ ।
दर्शकले दिएको मायाले खुशी भएको भन्दै दीपाश्रीले उत्साह व्यक्त गरिन् । उनले दर्शकको मायाका कारण खुशीको आँशु आएको भन्दै सबैलाई धन्यवाद दिएकी छिन् ।
अनलाइनखबर
२०७३ भदौ २४ गते १४:५१ मा प्रकाशित
0 comments:
Post a Comment