भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |
भारतीय प्रहरीले दिल्ली पुर्याइएका २२ नेपाली महिलाको उद्धार गरेको छ । इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थल नजिकैको होटलबाट उनीहरुलाई उद्धार गरिएको अधिकारीहरुले बताएका छन् ।
दिल्लीस्थित नेपाली दूताबासको सूचनाका आधारमा यो उद्धार सम्भव भएको हो । दिल्ली पुर्याइएकाहरु मध्ये एक होटलबाट भागेर नेपाली दूताबास पुगेकी थिइन् ।
दिल्ली प्रहरीका राविन्द्र यादवले समाचार एजेन्सीएएफपीसँग भनेका छन्, हामीले २२ महिलाको उद्धार गरेका छौं र दुई अभियुक्तको पहिचान भएको छ ।’
उद्धार गरिएकाहरुको उनीहरुको बयान लिने काम सकिएको छ । र, धेरैलाई कतार र मध्यपूर्वका देशहरुमा लैजान लागिएको खुलेको छ ।
प्रहरीका अनुसार उनीहरु दिल्ली पुगेपछि पासपोर्ट र अरु कागजपत्र दलालले लिएर गएको पाइएको छ ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |
0 comments:
Post a Comment