Inspector ani pandit pakrauma...

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस


श्रीमती हत्या अभियोगमा कारागारमा सजायँ भुक्तान गरिरहेका सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइरालाकी ‘प्रेमीका’लाई अपहरणको धम्की दिएको आरोपमा पूर्वमन्त्री श्यामसुन्दर गुप्तासँगै इन्स्पेक्टर अनिल पण्डित पनि पक्राउ परेका छन् ।

अपहरणको आरोपमा यसअघि पक्राउ परेका गुप्तालाई साथ दिएको आरोपमा मंगलबार भैंसेपाटी प्रहरी प्रभागका इन्स्पेक्टर पण्डित पनि पक्राउ परेपछि आइजीपी उपेन्द्रकान्त अर्याल बिहानै लिलितपुर परिसर पुगेका थिए ।

पूर्वजानकारी विना बिहान करिब ९ बजेतिर एक्कासी आइजीपी अर्याल परिसरमा देखिएपछि परिसरका कर्मचारी समेत चकित परेका थिए ।

परिसरमा पुगेलगतै उनले एसएसपी पिताम्बर अधिकारीसहित सबैलाई अगाडि राखेर अपराधीसँग साँठगाँठ राख्ने हरेक प्रहरीको हालत यस्तै हुने चेतावनी दिएको परिसरका एक अधिकृतले बताए ।

ललितपुर परिसर मातहतका सबै इकाइका प्रमुखहरुलाई एकै ठाउँमा राखेर आइजीपी अर्यालले लगातार दुई घण्टा बि्रफिङ गरेका थिए ।

स्रोतका अनुसार आइजीपी अर्याल ललितपुरकै प्रहरी पटक-पटक किन अपराधीसँग जोडिएर आउँछ भन्दै आक्रोशित रुपमा प्रस्तुत भएका थिए । यसअघि घुससहित रंगेहात पक्राउ परेका डिएसपी दयानिधि ज्ञवालीको प्रसंग निकाल्दै अर्यालले भने, ‘यो भन्दा अगाडि एउटा डिएसपीले अपराधीसँग पैसा खायो । फेरि अर्को इन्स्पेक्टरले यो हर्कत देखायो । यहाँ पटक-पटक किन यस्तो भैरहन्छ ?’

इन्स्पेक्टरलाई अरु थुनुवाहरुसँगै राख्न निर्देशन

अपराधीसँग साँठगाँठ राखेर पैसा कमाउने केही अधिकृतका कारण पूरै प्रहरी संगठन बदनाम हुन नसक्ने भन्दै आइजीपी अर्यालले सबैलाई सचेत हुन चेतावनी दिएका छन् । उनले पक्राउ परेका इन्स्पेक्टरलाई पनि अरु थुनुवासँगै राख्न आदेश दिएका छन् ।

आइजीपी अर्यालले पनि अपराधीसँग सम्बन्ध राख्ने प्रहरी भेटिए आफूले सहन नसक्ने बताए । अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘एउटा प्रहरीका कारण ७२ हजार प्रहरी बदनाम हुन सक्दैन । म त्यहि चेतावनी दिन पगेको थिएँ ।’

उनले अघि भने, ‘एउटा इन्स्पेक्टर अपराधीसँग साँठगाँठ राखेको आरोपमा पक्राउ परेको सुनेपछि म पुगेको हुँ । उसलाई अरु थुनुवासँगै राख्न आदेश पनि दिएको छु अरु कोही छन् भने तिनलाई पनि छाडिन्न ।’

पण्डित र गुप्ताको चिनजान कारागारबाटै

प्रहरी हिरासतमा रहेका इन्स्पेक्टर अनिल पण्डितको श्यामसुन्दर गुप्तासँग कारागारमै चिनजान भएको खुलेको छ । व्यवसायी पवन सांघाइको अपहरणकाण्डमा गुप्ताले डिल्लीबजार कारागारमा कैद सजायँ भुक्तान गर्दा इन्स्पेक्टर पण्डित त्यही कार्यरत थिए । उनी त्यतिबेला सई पदमा थिए ।

७० सालमा इन्स्पेक्टरमा बढुवा भएपछि सातदोवाटो वृत्तमा समेत बसेका पण्डित करिब ६ महिना अघि भैंसेपाटी प्रभाग पुगेका थिए ।

सई हुँदा डिल्लीबजार कारागारमा कार्यरत पण्डितले त्यतिबेलै गुप्तासँग सम्बन्ध बढाएका थिए । गुप्तालाई सोही कारागारमा रहेका सशस्त्रका पूर्वडिआइजीकी पे्रमीका तारा रेग्मीको बारेमा जानकारी थियो । तारालाई अदालतले गीता ढकाल हत्या काण्डमा दोषि ठहर गरेको कुरा गुप्ताले पण्डितलाई पनि सुनाएका थिए ।

त्यहि सुचनाको आधारमा तारा रेग्मीसँग सम्बन्ध बढाएर पण्डितले पनि पैसा असुल गरेको ललितपुर परिसरका एसएसपी पिताम्बर अधिकारीले बताए । ‘५० लाख लिने उद्देश्यसहित बार्गेनिङ गरेको भए पनि ७५ हजारमात्रै पण्डितले लिएको खुलेको छ,’ अधिकारीले भने ।

ललितपुर परिसरका एसएसपी अधिकारीले अघि भने, ‘गुप्ता सानोतिनो अपराधी होइन । यसले प्रहरीलाई नै प्रयोग गरेर अपराध गरिरहेको थियो । उसलाई कोसँग पैसा छ, त्यो पैसा कसरी असुल गर्न सकिन्छ भन्ने थाहा छ । यस्ता अपराधीसँग सम्बन्ध राख्ने प्रहरीलाई पनि कार्वाहीको दायरामा ल्याउनु हाम्रो जिम्मेवारी हो ।


cgnfO{g vj/df k|sflzt M @०७३ भदौ २२ गते 

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment