Jyoti magar teej performance at UAE

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस



यूएइमा तीज महोत्सव २०७३ को आयोजना गरिएको छ । कार्यक्रममा गायिका ज्योती मगर, गायक नविन पौड्याल, गोपी कृष्ण पंगेनीका साथमा यूएइमा रहेका कलाकारले माहोल तताएका थिए ।

एनआरएन र अन्तरराष्ट्रिय नेपाली कलाकार समाज र रस अल खैमह क्षेत्रीय समितीको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो । युएईको सरकारी थिएटरमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा युएईका लागि कार्यबाहक राजदूत नेत्र बहादुर टण्डनको उपस्थिती थियो । झण्डै १ हजार दर्शकले भरिभराउ उक्त हलमा ज्योतिको प्रस्तुती शालिन र बेजोड थियो ।

त्यसैगरी लोक गायक नबिन पौड्याल र गंगा घर्ती मगरले पनि दर्शकलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए । गत बर्ष सिरियामा बेचिएकी बुटवलकी रेनु मगरलाई उद्धार गर्न ठूलो योगदान गर्ने नेपालका पत्रकार मनोज श्रेष्ठलाई पनि सो कार्यक्रममा नगद सहित विशेष सम्मान गरिएको छ । कान्तिपुर र अन्नपूर्ण पोष्टमा डेढ दशक काम गरिसकेका पत्रकार श्रेष्ठले मगरलाई उद्धार गर्न विशेष भूमिका निर्वाह गरेका थिए ।
श्रेष्ठकै नेतृत्वमा रेनुको उद्धार सम्भव भएको थियो । उनलाई नगद ५० हजार सहित सम्मान गरिएको थियो । त्यस्तै सोही कार्यक्रममा सम्मानित हुने अन्य ब्यक्तित्वहरुमा युएईमा रहेर नेपालमा कम्प्युटर शिक्षा अभियान चलाऊने समाजसेवी भुवन गुरुङ, एनआरएन युएईकी महिला सँयोजक कल्पना राई, देउडा गायक मान बहादुर केसी, मोफसलमा बसेर लामो समय पत्रकारिता गर्दै आएका डिल्ली प्रसाद आचार्य थिए । त्यसैगरी संस्थागत रुपमा सम्मानित हुने संस्थाहरुमा नेपाली समाज युएई र आशा फाउन्डेसन रहेका छन ।



भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment