parmadu parixedle uttar koriya ma vukampa

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस


उत्तर कोरियामा ५.३ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको छ ।

दक्षिण कोरिया सरकारले उत्तरले परमाणु परीक्षण गरेका कारण भूकम्पको धक्का आएको दाबी गरेको छ ।

अमेरिकी भौगर्भिक सर्बेका अनुसार भूकम्पको झट्का जमिनको माथिल्लो सतहमा महसुस गरिएको थियो । जबकि प्राकृतिक भूकम्प जमिनको तल्लो भागमा जाने गर्दछ ।

दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा एजेन्सी यस विषय बारे अध्ययन गर्न आकस्मिक बैठकमा बसेका छन् ।

यो संभावित परमाणु परीक्षण १९४८मा उत्तर कोरिया गठन गरिएको वर्षगाठको अवसरमा भएको हो ।

जापानका प्रधानमनत्री शिन्जो आवेले उत्तर कोरिया कुनै परीक्षण गर्छ भने त्यसलाई सहन नसकिने बताएका छन् ।  अमेरिकाले पनि उत्तरको गतिविधिको अध्ययन गरिरहेको जनाएको छ ।

जनवरीमा चौथो परमाणु परीक्षणपछि उत्तर कोरिया विरुद्ध आर्थिक तथा अन्य प्रतिवन्धलाई कडाइ गरिएको छ ।
तर अमेरिका र चीनबीच बढते तनावका कारण उत्तर कोरिया विरुद्ध कुनै साझा कार्यक्रम ल्याउन समस्या परिरहेको बीबीसीले जनाएको छ ।

चीन उत्तर कोरियाको सवैभन्दा नजिकको देश हो । तर, उसले परमाणु कार्यक्रम विरोध गरेको छ । विरोधका बाबजुद चीनले उत्तर बिरुद्ध कुनै कदम उठाउन चाहदैन जसले दुई देशबीच समस्या उत्पन्न हुनेछ

                                                                                                           
                                                                                                                  अनलाइनखबरमा प्रकाशित

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment