भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
संविधान कार्यान्वयन मुख्य प्राथमिकता भएको उल्लेख गर्दै प्रधानमन्त्रीले सरकारको वार्षिक नीति तथा कार्यक्रमकै शैलीमा महत्त्वाकांक्षी विकास कार्यक्रमरूको घोषणा गरेका हुन्। तीमध्ये कतिपय कार्यक्रम माओवादीसमेत सम्मिलित केपी ओली नेतृत्वको सरकारको बजेटसँग मिल्दाजुल्दा छन् भने केही नयाँ छन्।
कर्णाली क्षेत्रमा जन्म र मृत्यु संस्कार गर्न प्रतिपरिवार २० किलो चामल अनुदान दिनेदेखि रोल्पामा जनयुद्ध संग्रहालय स्थापना गर्ने, गुरिल्ला ट्रेलका लागि बजेट बढाउने जस्ता केही कार्यक्रम भने मौलिक छन्। भदौ १९ मा प्रधानमन्त्री निर्वाचित भएपछि दाहालले संसद्मार्फत देशवासीका नाममा पहिलो सम्बोधन गरेका हुन्।
‘शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने, भूकम्पपछिको पुनर्निर्माण र नवनिर्माणलाई तीव्रता दिने, संविधानको स्वीकार्यता अझ फराकिलो पारेर प्रभावकारी कार्यान्वयन गर्ने, सुशासन र सामाजिक न्याय कायम गर्ने, भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिने, शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइमा सबैको पहुँच बढाउने, रोजगारी सिर्जना र आयस्तर वृद्धि गरी गरिबी निवारण गर्दै समृद्धि हासिल गर्ने विषय यो सरकारको प्राथमिकतामा छन्,’ झन्डै एक घण्टा लामो सम्बोधनको सुरुमै प्रधानमन्त्रीले भने, ‘म प्रधानमन्त्री भएलगत्तै सरकारले मधेस, थारूलगायत आन्दोलनरत पक्षसँग सार्थक वार्ताको वातावरण बनाएको छ।’ प्रधानमन्त्रीका रूपमा आफूले सरकार र आन्दोलनरत पक्षबीच तिक्तता र दूरी घटाएको दाहालले बताए।
0 comments:
Post a Comment