yaun karmi haru pakrauu...

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस




अपरेसन सुरू भएकाे भदाै पहिलाे सातादेखी हाल सम्म इलाका प्रहरी कार्यालय धरानले याैन धन्दामा संलग्न एक दर्जन याैनकर्मीहरू सहित ४० बढी जाेडीलार्इ पक्राउ गरि केहिलार्इ मुद्धा समेत चलाइसकेकाे छ । इलाका प्रहरी कार्यालय धरानले अाफ्नाे क्षेत्रमा याैन धन्दा हुने गरेकाे ब्यापक जनगुनासाे बढेपछि धरानका हाेटलहरूमा कडार्इका साथै बिशेष अपरेसननै थालेकाे थियाे ।

अपरेसन पश्चात प्रहरीले धरानसंगै सुनसरी र धनकुटाकाे संगम स्थल भेडेटारमा पनि याैनगतिबिधी बढेकाे बताएकाे छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाका अनुसार धरानमा रहेका केहि हाेटल ब्यवसायहरूकाे मिलेमताेमा यस्ताे याैन ब्यसाय फस्टाउदै गएकाे र त्यस्लार्इ नियन्त्रण गर्न प्रहरी केही हद सम्म सफल बनेकाे बताउदै अाएकाे छ ।

याैन धन्दा बिरूद्ध धरानमा बिशेष अपरेसन सुरू भएपछि  हाेटल ब्यवसायीहरूले कन्टयाककाे अाधारमा याैनकर्मी युवती तथा महिलालार्इ धरान बाेलाएर ग्राहकसंग भेडेटार पठाउने गरेकाे पाइएकाे प्रहरीले बताएकाे छ । भारतकाे बिहार राज्यमा स्थानीष प्रसाशनले मदिराजन्य पदार्थहरू बिक्रीबितरणमा राेक लगाएपछि याैनकर्मी युवतिहरू खाेज्दै भारतीय नेपाली बजार छिर्ने गरेकाे समेत प्रहरी अपरेसनबाट खुलेकाे छ ।


भारतीय नागरीकहकाे राेजाइमा परेकाे पूर्वकाे केन्द्र इटहरीमा प्रहरी कडार्इपछि उनिहरूले सिदै धरानका हाेटल ब्यवसायहरूसंग सम्पर्कगरी याैनकर्मी युवती तथा महिलाहरू झिकाइ भेडेटारमा रात बिताउने गरेकाे  अनुशन्धानबाट खुलेकाे इलाका प्रहरी कार्यालय धरानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । त्यस्तै याेन धन्दामा संलग्न रहेकाे अाराेपमा पक्राउ परेका अधिकांस युवतिहरूले पनि पछिल्लाे समय याैनकर्मीहरूकालागी धरान र भेडेटार ट्रान्जिट प्वाइन्ट बन्दै गएकाे बताएकाे प्रहरी भनाइ छ ।

                             



भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment