Aldrin iz jst arriving now at Ktm....

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

अमेरिकी नागरिक निल आर्मस्ट्रङसँगै चन्द्रमा पुगेका बज अल्ड्रिन सोमाबार काठमाडौं आउनुभएको छ । ८७ वर्षीय अल्ड्रिनको नेतृत्वमा ६ सदस्यीय टोली बिहान नेपाल आइपुगेको हो । पाँच दिनसम्म नेपालमा रहँदा अल्ड्रिनले अन्तरिक्ष 




यात्राको अनुभव र अभियानबारे जानकारी गराउनुहुनेछ । उहाँ मंगलबार सुनसरी अमाहीबेल्हा सीतागञ्ज पुगेर एभरेष्ट साइन्स सेन्टरको अवलोकन गर्ने कार्यक्रम छ ।

यस्तै बुधबार र बिहीबार काठमाडौंको प्रज्ञा भवनमा हुने अन्तर्क्रिया कार्यक्रममा पनि सहभागी हुनुहुनेछ । नेपालमा विज्ञान तथा प्रविधिको विकासका लागि प्रेरणा दिन अल्ड्रिन नेपाल आउनुभएको आयोजक संस्था एभरेस्ट साइन्स सेन्टरले जनाएको छ ।

४७ वर्षअघि सन् १९६९ मा अल्ड्रिन सहित निल आर्मस्ट्रङको नेतृत्वमा नासाको टोली अपोलो ११ अन्तरिक्ष यानमार्फत चन्द्रमा पुगेको थियो । पहिलोपटक चन्द्रमा पुग्ने तीन यात्रीमध्ये निल आर्मस्ट्रङको निधन भइसकेको छ ।


भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment