भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |
साउदीमा गाडी दुर्घटनामा घाइते भएका सुवास तामाङको उपचारका क्रममा निधन भएको भन्दै रिपोर्ट सहित शव पठाएपछि परिवारले सबै खुसी लुटिएको महसुस गरे । अस्पतालको रिपोर्ट अनुसार त्यहाँको सरकारले दूतावासको समन्वयमा डाँगीहाटमा लास पठाएपछि तामाङ परिवारले दुई महिनाअघि अन्त्येष्टि समेत गरेको थियो ।
काजक्रिया सकेको दुई महिनापछि सुवासले आफू जिउँदै भएको भन्दै घरमा फोन गर्नुभयो । त्यसपछि परिवारमा आश्चर्यसँगै खुसी छायो । तर त्यो खुशी बाँड्न परिवार अझै असफल छ ।
सुवास अहिले जिउँदै भएपनि नेपाल फर्कन भने सक्नुभएको छैन । नेपाली दूतावासले पहल नगरिदिँदा सुवास अहिले साउदी अरबको जेहाद शहरमा अलपत्र परेको सुवासकी श्रीमती सन्तोषी तामाङले बताउनु भयो ।
नेपाल फर्कउनका लागि साउदी सरकारले कम्पनीमा चिठ्ठी लेख्नुपर्ने भएपनि चिठ्ठी नपठाउँदा उहाँ कार्यरत कम्पनीले नेपाल पठाउन सकेको छैन । पटक पटक साउदीमा रहेको दूतावासमा सम्पर्क गर्दा पनि चासो नदेखाएको सन्तोषीले बताउनु भयो ।
सवारी दुर्घटनामा गम्भीर घाइते भएका सुवासले होस गुमाउनु भएको छ । साउदीमा रहेका सुवासले कसैलाई चिन्न नसक्ने सन्तोषीले बताउनु भयो । सुवास असार १९ गते सवारी दुर्घटनामा परि साउदीमा घाइते हुनु भएको थियो । दुर्घटनामा चारजनाको घटनास्थलमै ज्यान गएको थियो भने दुई जना गम्भीर घाइते भएका थिए ।
घाइतेमध्ये कपिलवस्तुका ट्याक्सी चालक कटेन्द्र भण्डारीकाे भने उपचारका क्रममा ज्यान गएको थियो । मृत्यु भएका कपिलवस्तुका ती सवारी चालकलाई सुवास भनेर अस्पतालले मृत्युको सर्टिफिकेट बनाइदिएको थियो । साउदीको जेहाद स्थित किङ्ग अब्दुल अजिज हस्पिटलले सुवासको मृत्यु भएको जानकारी दिएको थियो ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |
0 comments:
Post a Comment