भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |
बर्दिया जिल्लामा रहेको नेपालकै लामो पुल कर्णाली गेरुवा पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
बर्दियाको गोला गाविस-९ बाट ताराताल तर्फ आउँदै गरेको बा ३३ प ८५८० नम्बरको मोटरसाइकल बुधबार बिहान करिब साढे चार बजे अनियन्त्रित भइ पल्टिँदा स्थानीय ३२ वर्षीय तपेन्द्र ऐडीको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका ऐडीको उपचारका लागि जिल्ला अस्पताल गुलरियामा ल्याउँदै गर्दा बाटोमै ज्यान गएको थियो ।
दुर्घटनामा घाइते भएका तीन जनामध्ये दुई जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते भएका गोला गाविस ९ का २८ वर्षीय मंगल थारु र ३८ वर्षीय राजकुमार थारुको जिल्ला अस्पताल गुलरियामा उपचारपछि थप उपचारकालागि नेपालगञ्ज रिफर गरिएको छ ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |
0 comments:
Post a Comment