crime news of Nepal

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस


सातजना व्यक्तिको हत्याको आरोप लागेका भारतीय नागरिक महमद मस्तकिम भनिने रइस मियाँलाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । सोमबार सप्तरीमा पत्रकार सम्मेलन गरी प्रहरीले मियाँलाइ सार्वजनिक गरेको हो।


सप्तरीमा चारजना र सुनसरीमा तीनजनाको हत्या गरेको आरोप लागेका मियाँ नेपाली पासपोर्टमा वैदेशिक रोजगारीका लागि विदेश जान लागेको बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको सप्तरीका प्रहरी प्रमुख एसपी भीमप्रसाद ढकालले जानकारी दिए।


भारतको बिहार स्थायी घर रहेका रइस मियाँ सप्तरीको सारस्वरमा बस्दै आएका थिए । रइससहितको समूहले सप्तरीमा २०६९ सालमा सहबुद मियाँ र उनकी बुहारी सगिरा खातुन, ०७० सालमा जन्डौल–६ की दुलारी देवी साह र त्रिकोल गाविस–५ की निर्मलादेवी साहको हत्या गरेको प्रहरीको आारोप छ।


यस्तै, सुनसरी सदरमुकाम इनरुवामा एकै परिवारका तीनजनाको हत्यामा पनि मिया नै संलग्न रहेको प्रहरीले बताएको छ । प्रहरीको फरार सूचीमा रहेका उनी विदेश गइरहेको सूचनापछि प्रहरीले पक्राउ गरेको हो।


रइसले कुनै बहानामा रकम लिने, त्यसपछि हत्या गर्ने र खाल्टो खनी गाड्ने अनि वैदेशिक रोजगारीमा जाने गरेको सूचनाको आधारमा खोजी गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ।

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment