exclusive news

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस




आमासँग वनमा घाँस काट्न गएका बेला अरिङगालले चिल्दा तनहुँमा आज दिउँसो एक बालकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।


मृत्यु हुनेमा व्यासनगरपालिका–३ बस्ने सुनिता मिश्रका नौ वर्षीया छोरा प्रसन मिश्र रहेको प्रहरीले जनाएको छ ।

अरिङगालको टोकाइबाट गम्भीर घाइते भएका उनको दमौली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरातर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

अरिङगालको टोकाइबाट घाइते भएकी आमा २५ वर्षीया सुनिताको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको छ भने अर्का छोरा छ वर्षीय प्रलोश मिश्रलाई दमौली अस्पतालमा उपचारपछि घर लगिएको प्रहरीले जनाएको छ ।

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment