Hatiyar sahit pakrau..

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस



जुम्लामा लुटपाट र चोरी डकैतिका घटनाहरु दिनप्रतिदिन बढ्न थालेपछि एक महिनादेखि प्रहरीले गाउँ–गाउँमा गस्ती बढाएर अप्रेशन थालेको छ ।

चोरी, डकैती, लुटपाट गर्ने योजनाका साथ बसेको अवस्थामा नेउरीघाटबाट जुम्ला गज्याकोट–२ बस्ने वर्ष ३० का धिरबहादुर परियार, मालिकाठाटा ४ बस्ने वर्ष ३२ का मानबहादुर बोहोरा, धापा–६ बस्ने वर्ष ३३ का अशोक तिरुवा, मुगु जिल्ला जिना–३ बस्ने वर्ष २५ का गोविन्द टमाटा र कोटवाडा–८ बस्ने वर्ष ३१ का दलबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो
उनीहरुबाट एक थान चाइनिज पेस्तोल र सोमा प्रयोग हुने ३ राउण्ड गोली, एक थान आधुनिक एसएमजी, एउटा म्यागजिन, ७ राउण्ड गोली, ७० हजार नगद रुपैयाँसहित ५ जनालाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

५ जनालाई पक्राउ गरेपछि त्यसतर्फ थप हतियार हुनसक्ने अनुमान गरी थप अनुसन्धान गर्दै जाँदा जंगलमा रुखमुनि लुकाएर राखेको अवस्थामा एसएलआर फेला परेको र उक्त एसएलआरको गोली, म्यागजिन र चालवाला पूर्जा स्याउको बगैंचामा भेटाएको प्रहरीले बताएको छ ।

पछिल्लो समय जुम्लामा चोरी  र लुटपाटका घटना बढेका छन् ।  ४–५ वर्ष यता यही समयमा धेरै लुटपाटका घटनाहरु हुने गरेको प्रहरीको तथ्यांक रहेको छ । जडिबुटी खरिद बिक्री गर्ने समय भएकाले पनि अहिले चोरी डकैतीका घटनाहरु बढेका हुन् ।



भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment