Nepal update news

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस


वर्षदिनदेखिको मधेस आन्दोलनलाई तीन बुँदे सहमतिमा विश्राम, नाकाबन्दीसँगै चिसिएको भारतसँगको सम्वन्धमा उच्चस्तरीय भ्रमण आदान(प्रदानको सुनिश्चिततासहित नयाँ आयाम, चीन सरकारसँगका ऐतिहासिक सम्झौताहरु कार्यान्वयनका थप प्रतिवद्धतासहित चिनियाँ प्रधानमन्त्री र राष्ट्रपतिको नेपाल भ्रमणको ग्राउण्ड तयार । प्रधानमन्त्रीका रुपमा दोस्रोपटक सिंहदरवार छिरेका पुष्पकमल दाहाल प्रचण्डले सत्तारोहणको पुग नपुग एक महिनामा गरेका दुरगामी महत्वका असल कर्मका सुरुवात यिनै हुन् ।

यदि यी प्रसंगहरु ‘प्रि (टेष्ट’ मानिने हुन् भने प्रचण्ड ‘टेष्ट अपियर’ मात्रै हैन, पास भएका छन् । आफ्नै अगुवाइमा संविधान बनाएका उनलाई कार्यान्वयनको अग्नीपरीक्षा सामुमै छ, जसको पूर्वशर्त स्थानीय तहको सफल निर्वाचन हो, त्यसमा कुरा मात्रै गरेका छन, काम थालेका छैनन् ।

संविधान कार्यान्वयनको आधार विपक्षीहरुको समेत पूर्ण समर्थन र सहभागितामा हुनुपर्ने चुनावका लागि आवश्यक कानुनहरुको निर्माण, सीमांकन र संख्याको यकिन उनका लागि फलामका च्यूरा हुन्, जो उनको सत्ताको जीवन(मरणको सवाल हो ।

भूकम्पपीडितका कारुणिक अवस्थाका बीचबाट नियाल्ने हो भने अझैसम्म प्रचण्डसत्ता कागलाई बेल पाक्यो हर्ष न विस्मात हो । कारण सत्तारोहण गर्दा उनले पीडितलाई ४५ दिनभित्र दिने बाचा गरेको पहिलो किस्ता अनुदान अझै कानुनका ९ सिंगमा उल्झिँदा उस्तै छ, पीडितको कहर, कष्ट र सास्ती ।

कडो विपक्षी एमाले र गुटैगुटको क्लब जस्तो यूलो दल कांग्रेसको साथ प्रचण्डका लागि म्यादीसत्ताको अन्तिम अवसर हो । जनयुद्धताका विरोधी सफायाका लागि खर्चिने दिल दिमाग उनले अहिले तिनै आफैले काट्न, मार्न लगाएकाहरुको मन जित्न खर्चिनुछ । तर शान्ति प्रक्रियाका ती तमाम बाँकी काम पनि उनका उधारो सपनै छन्, अझैसम्म ।

दैनिक निर्देशन र निर्देशनहरु फर्माउन नयाँ कीर्तिमान बनाउँदै गरेका प्रचण्डले निर्देशनहरु के कति कार्यान्वयन भए भनेर लोकलाई छड्के जाँच पडतालसहित दूधको दूध पानीको पानी पारेका छैनन् । प्रचण्ड बोल्दैछन्, कर्मचारी सुनिरहेका छन, र मनमनै शायद तिम्रा ९ महिने घुर्की भनेर गम खाँदै ईस देखम्ला भन्दैछन्, तर त्यसको भेउ पाएको अनुभूति प्रचण्डको शासकीय हाउभाउबाट भैरहेको छैन ।

सत्तामा बसेको महिना नपुग्दै प्रचण्ड सत्ताको समीक्षा गर्नु हतारो र अन्याय दुबै हुन्छ, किनकि सय दिन कुनै पनि सरकारले हनीमुन अवधिकै रुपमा विना आलोचना काम गर्ने मौका पाउने सामान्य राजनीतिक मान्यता हो । तर, प्रचण्डको यो सत्तायात्रा जसै अप्रत्याशित र आकस्मिक हो, तसै उनले साविकका अरु प्रधानमन्त्री जस्तो आरामले कुनै काम गर्ने छुट पाएका छैनन् यसपटक ।

यदि यो बेला राम्रो काम गरे प्रचण्डले गणतन्त्र नेपालको पहिलो प्रमको असफलताका सम्पूर्ण पाप पखाल्न सक्लान् । अन्यथा संविधान कार्यान्वयनकालका प्रधानमन्त्रीको असफलतासँगै उनको पनि राजनीतिक जीवन नै अन्तिम प्रायः हुने खतरा सामुन्नेमा नै छ । कामना हो, प्रचण्ड गणतन्त्रका पहिलो र अन्तिम प्रधानमन्त्रीमा दरिने अकल्पनीय परिघटना संयोग नबनोस् । तर, के उनले यस्तो दुर्लभ अवसर र संगीन चुनौतिको धारमाथिको आफ्नो मिलीजुली सत्ता लक्ष्यप्राप्तिको मोडसम्म अवतरण गराउन सक्लान् त रु उत्तरका लागि उनका बाँकी शासकीय दिन कुर्नैपर्छ ।

कडा विपक्षी एमाले

निवर्तमान प्रधानमन्त्री केपीओलीले बैंकक यात्राका दौरान टीआइएमा संवाददाताहरु सामु हँसिलो मुद्रामा वर्तमान सत्ता गठबन्धनको शल्यक्रिया गर्दै भने, एकमहिनामा सरकारलाई पूर्णता दिनै नसक्ने सरकारले के चुनाव गर्ला रु अरु के आशा गर्नु र रु मुख्य विपक्षी दल नेपा एमालेका नेता तथा अध्यक्ष ओलीको त्यो बोलीले प्रचण्डको २३ दिने सरकारको सांगोपांगो समीक्षा गर्दा गलत भन्ने आधारहरु थिएन्न, तर त्यसलगत्तै उनको सरकार ३१ सदस्यीय भैसकेको छ । भलै सरकार अझैं अपूर्ण छ ।

संसदको भदौ १२ को संसद बैठकमा पनि एमाले सांसदहरुले सरकारलाई र्‍याख र्‍याख पारे । उपाध्यक्ष भीम रावलले राष्ट्रसंंघको परिभाषा र मान्यता विपरीत विशेष दूत भारत र चीन पठाउँदा वा भारतीय प्रधानमन्त्री मोदीलाई पत्र पठाउँदा गरेको कथित राष्ट्रघातको उछितो काढे ।

पूर्वकानुनमन्त्री अग्नि खरेलले प्रधानमन्त्री प्रचण्डका बाँकी २ सय १९ दिनको कार्यसूचि मागे । सत्तारुढ दलहरु बीच भएको कपाली तमसुकअनुसार अब २१९ दिनमात्र बाँकी हुँदा यसबीचमा सरकारले चुनाव गराउने, संविधान कार्यान्वयन गर्ने गुन्जायस नरहेको अग्निदृष्टि थियो । प्रचण्डले मोदीलाई लेखेको पत्रमा गोप्य कुरा छैन भन्ने गृहमन्त्री विमलेन्द्र निधिको दावीलाई एमालेले सुन्या नसुन्यै गरिरा’छ ।

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment