भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
संसारकै सबैभन्दा जेठा इन्डोनेसियाका एक बृद्धले आफु मर्न चाहेको बताएका छन् । १४५ वर्षीय मबाह गोथोले आफ्नो बाँच्ने धोको पुरा भएको बताएका हुन् । इन्डोनेसियाली अधिकारीहरुले उनलाई उपलब्ध गराएको नागरिकता अनुसार उनी १८७० को डिसेम्बर ३१ मा जन्मिएका हुन् । उनका १० जना दाजुभाई र चार श्रीमतिको मृत्यु भईसकेको छ । अन्तिम पत्निको सन् १९८८ मा मृत्यु भएको थियो ।
‘हजुरबाबाका लागि २४ वर्ष अगाडि चिहान बनाइएको थियो,’ उनले भने । यी बयोबृद्धका लागि परिबारले उनका छोराहरुको चिहान नजिकै अर्को चिहान पनि बनाएका थिए । दुई दुई ओटा चिहान बनिसकेका यी बृद्ध अहिले काल कुरेर आगनमा बसेका छन् ।
इन्डोनेसियाको अभिलेखकार्यका कर्मचारीहरुले गोथोको परिचय पत्रमा उनको जन्ममिति ३१ डिसेम्बर १८८७ भएको बताएका छन् । उनको जन्मदर्ता बारे उल्लेख गरिएको परिचयपत्रको स्वतन्त्र पुष्टि हुन भने बाँकी नै छ । यदि उनको उमेर पुष्टि भएन भने गोथो भन्दा पाका नाईजेरियाका १७१ वर्षीय जेम्स ओलोफिन्टुयी र इथोपियाका १६३ वर्षीय ढाक्वाबो इबा जस्तै संसारकै पाको मानिस भनि घरमै चित्त बुझाएर बस्नुपर्नेछ । नाईजेरियाका जेम्स र इथोपियाका इबालाई गिनिज वल्ड रेक्र्डले मान्यता दिएको छैन ।
उनका सबै छोरा छोरीको पनि मृत्यु भएको छ । उनका अहिले नाती÷नातिनी, पनाती र खनातीमात्र जीवित छन् ।यदि नागरिकता अनुसार गोथोको उमेर साँचो साबित भए उनी संसारकै बृद्ध मानिस साबित हुनेछन् । अहिले फ्रान्सेली महिला जीन कामेन्ट संसारकै पाको मानिस हुन् । कामेन्टले यसै वर्ष आफ्नो १२२ औं जन्म दिन मनाएकी छिन् ।
संसारकै पाका बताइएका गोथोलाई लिपुटान ६ टेलिभिजन समाचारले यसै साता इन्डोनेसियाको मध्ये जाभामा अन्तर्वार्ता लिएको थियो । अन्र्तवार्ताका क्रममा उनले मर्न चाहदा चाहदै पनि बाँच्न विवश भएको बताए । ‘म तत्काल मर्न चाहन्छु । मेरा नातीहरु सबै आआफ्ना बाटो लागेका छन्,’ उनले भने । मबाह गोथोका नाती सूर्यान्ताका अनुसार हजुरबाब १२२ वर्षको उमेर पुगेदेखि नै मर्न चाहन्थे । तर उनको इच्छा अझै पुरा हुन सकेको छैन ।
0 comments:
Post a Comment