Duplicate pilot of Nepal...

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस



१३ भदौ, काठमाडौं । जहाज उडाएर फर्कंदै गर्दा बुद्ध एयरका को–पाइलट पक्राउ परेका छन् । नक्कली प्रमाणपत्रको आरोपमा को–पाइलट स्वच्छन्द घले पक्राउ परेका हुन् । केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले उनलाई चार दिनअघि पक्राउ गरेको हो ।
आइएस्सी नै नपढी उनले पाइलट पढेको सिआइबीका निर्देशक डिआइजी नवराज सिलवालले बताए । उनले त्रिभुवन विश्वविद्यालयबाट आइएस्सी पढेको भनेर सर्टिफिकेट पेस गरी दक्षिण अफ्रिकाबाट पाइलट पढेका थिए । उनको विमान चालक अनुमति पत्र नम्बर ४०५ थियो ।
घलेको सर्टिफिकेट साथी राजुकुमार श्रेष्ठले बनाइदिएका थिए । श्रेष्ठलाई पनि पक्राउ गरिएको सिआइबीले जनाएको छ । श्रेष्ठ हवाई इन्जिनियर हुन् । पक्राउ परेका दुवैविरुद्ध सरकारी छाप दस्तखत किर्ते मुद्दामा कारबाही अघि बढाइएको सिआइबीले जनाएको छ ।
सिआइबीले नक्कली प्रमाणपत्रधारी पाइलटविरुद्ध अप्रेसन ह्वाक अभियान चलाउँदै आएको छ । यसअघि सिआइबीले नक्कली प्रमाणपत्रधारी पाइलट विशाल कार्कीलाई तीन महिनाअघि पक्राउ गरेको थियो । उनी पुर्पक्षका लागि जेलमा छन् ।
कार्कीलाई पक्राउ गरेपछि एक दर्जनभन्दा धेरै पाइलटले राजीनामा दिइसकेका छन् । नक्कली शैक्षिक प्रमाणपत्रबारे जाँच गर्ने बलियो सिस्टम नहुँदा नक्कली प्रमाणपत्रका आधारमा चिकित्सक, पाइलट तथा इन्जिनियर बन्ने प्रचलन देखिएको छ




भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment