Nepali program at London....

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस




भाद्र १३, २०७३( लाग्थेन स्थान केम्पटेन पार्क रेस कोर्स हो भनेर । अरु बेला घोडा दौड हेर्न विदेशीले भरिने त्यो ठाउं आइतबार नेपालीले ओगटे । मिनी नेपाल झैं बन्यो उक्त मैदान । विदेशी कुटनीतिज्ञसहित करिब आठ हजार नेपालीले भरिभराउ मेलाले सिंगो नेपाल झल्काइदियो । 

बेलायतस्थित ३० बढि नेपाली संघसंस्था आ–आफ्ना झाँकीमा प्रस्तुत भए । ति झांकीले विभिन्न जातजातिका भेषभूषा, रहनसहन र कला संस्कृति प्रदर्शन गरिरह्यो राती अबेरसम्म । ‘सिंगो नेपाल त यहां पो देखें’, प्रमुख अतिथि कार्यवहाक राजदूत शरदराज आरन भन्दै थिए, ‘नेपाली मौलिक कला संस्कृति र पहिचान स्थापित गर्न मेलाले ठूलो भूमिका निर्वाह गरेको छ ।’ 



दूतावासको सहयोगमा तमुधिं यूकेले मेला आयोजना गरेको हो । मेलामा यसपटक विदेशी कुटनीतिज्ञहरुको पनि उल्लेख्य सहभागिता रह्यो । बेलायती नेताबाहेक बोस्निया एण्ड हर्जगोभिना, सेनेगल, म्यानमार, गुयना ग्वाटेमाला, मंगोलिया, निकारागुवा, हैटी, अफगानिस्तान, अर्मानिया, साल्भाडोर, श्रीलंका, म्यासेडोनिया, बेलिज, सेसेली लगायत देशका राजदूत र वरिष्ठ कुटनीतिज्ञहरुले मेला नजिकबाट अवलोकन गरे । ‘इट्स एन अमेजिङ’, केही नेपाली शब्द समेत जानेका मंगोलियाका फस्ट सेक्रेटरी दर्शकदीर्घाबाट भन्दै थिए । लन्डनस्थित नेपाली दूतावासले कुटनीतिज्ञ निम्त्याउन संयोजन गरेको हो ।




भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment