Injured persons names...

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस





१० भदौ, चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा शुक्रबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेहरुको संख्या २२ पुगेको छ । मृतकमध्ये बस चालकसहित १७ जनाको सनाखत भएको छ ।दुर्घटनाग्रस्त बसको पाङ्ग्रामा किचिएको अवस्थामा दिउँसो एक बजे एक महिलाको शव भेटिएपछि मृतकको संख्या २२ पुगेको नारायणी अञ्चल प्रहरी कार्यालय प्रमुख एसएसपी नारायणसिंह खड्काले अनलाइनखबरलाई जानकारी दिए ।उनका अनुसार सनाखत हुनेहरुमा रौतहट महमदपुर ८ का २४ वर्षीय प्रमोद राम, रौतहट लौकाहाका राकेश यादव, कटारीया ९ रौतहटका ३४ वर्षीय व्रजकिशोर कुसवाहा, बसन्तपुर १ का २५ वर्षीय गणेशकुमार साह रहेका छन् ।यसैगरी मुडल्वा ३ का ३७ वर्षीय चितरञ्जन यादव, मुडल्वा ६ का ३३ वर्षीय राजेशकुमार यादव र ठेगाना नखुलेको तर नेपाल खानेपानी संस्थानको कार्यालय सहायकको परिचयपत्र भएको जोकु साहको शव फेला परेको छ ।रौतहट इनरुवा ७ बस्ने ६५ वर्षीय जोगेन्द्र गिरी, भारत बिहारका ३६ बर्षीय फेकन ठाकुर र ३६ बर्षीय शंकर ठाकुर, भारत मोतिहारीका ४० बर्षीय रामसागर भगत, रौतहट राजपुरका कामेश्यरप्रसाद साह, पोखरा झल्लीडाँडाका ४१ बर्षीय चित्रबहादुर बोहरा, रौतहट गरुडा १४ जयनगरका २६ बर्षीय शेष सहजित आलम, रौतहट लोकाहा २ का सचिन्द्रप्रसाद यादव, गौर १३ सिर्सियाकी सन्ध्या श्रीवास्तव र बस चालक लेखनाथ ११ कास्कीका लोकबहादुर पौडेलको पनि सनाखत भएको छ ।दुर्घटनास्थलबाट सबैभन्दा नजिक इलाका प्रहरी कार्यालय मुग्लीनमा छ जुन दुई किलोमिटरको दुरीमा पर्दछ । दुर्घटनाका मृतक पाँच जनाको सनाखत हुन बाँकी छ ।

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment