Alvida khemraj for ever...

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस


१२ भदौ, काठमाडौं । लोक गायक खेमराज गुरुङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आइतबार दिउँसो डेढ घन्टाका लागि प्रज्ञा भवन, कमलादीमा राखियो । श्रद्धाञ्जलि अर्पण गर्न राजनीतिक नेता, कलाकार र शुभेच्छुकहरूको बाक्लो भिड लागेको थियो ।
उनीहरू शोकमग्न थिए । गायक राजेश पायल राई बलिन्द्र धारा आँसु झारिरहेका थिए ।
यस्तै गायक राजेश पायल राई, रामकृष्ण ढकाल, संगीतकार सुरेश अधिकारी, चेतन सापकोटा लगायतका संगीतकर्मीहरू पनि श्रद्धाञ्जलिका लागि प्रज्ञा भवन पुगेका थिए । प्रिय गायकको बिदाइमा सबै जना शोकाकुल अवस्थामा थिए ।पार्थिव शरीर दिउँसो एक बजेदेखि सवा दुई बजेसम्म राखेर पशुपति आर्यघाट लगिएको थियो । बेलायतबाट शनिबार आएका गायक गुरुङका आमा र ठूली दिदीलाई आफन्तले आडभरोसा दिइरहेका थिए ।यसअघि आइतबार बिहान ८ बजे गायक गुरुङको पार्थिव शरीरलाई हेलिकोप्टरबाट गृहनगर खाँदबारी लगिएको थियो । आफ्ना क्षेत्रका लोकप्रिय गायकलाई अन्तिम पटक हेर्न र श्रद्धाञ्जलि अर्पण गर्न संखुवासभाका साथै सुनसरी, धनकुटा, तेह्रथुमदेखिका शुभेच्छुकहरूको ओइरो लागेको थियो । खाँदबारीमा दुई घन्टा राखेर पार्थिव शरीर काठमाडौं ल्याइएको हो ।


भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment