plz help me i need your help..

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस



८ भदौ, काठमाडौं । काँधमा टाउको जत्रै ट्युमर (लिम्फ्याजियोमा) भएको दशदिने शिशुको कान्ति बाल अस्पतालमा सफल शल्यक्रिया भएको छ ।सिन्धुली कपिलाकोट गाविसकी विगामाया स्याङ्तानको छोराको डा. मधुसुदन पन्त नेतृत्वको टोलीले शल्यक्रिया गरेको हो ।बच्चा सिन्धुली अस्पतालमा शल्यक्रिया गरेर निकालिएको थियो । त्यहाँबाट उपचारका लागि काठमाडौं ल्याइएको थियो । बच्चाकी आमा विगामायाको भने सिन्धुली अस्पतालमै उपचार भइरहेको छ ।उनको काँधमा पानी भरिएर ट्युमरको आकार लिएकाले अपरेशन गर्नुपरेको अस्पतालले बताएको छ ।‘जन्मदै टाउको जत्रो ट्युुमर लिएर आए पनि डाक्टरहरुले डराउनु पर्दैन भन्नुभएको छ,’ बच्चालाई उपचारका लागि कान्ति बाल अस्पतालमा ल्याएर आएका बुवा बुद्धराज स्याङ्तानले भने, ‘अपरेशनपछि पनि कम्तीमा दश दिन आइसीयुमा राखेर उपचार गर्नुपर्छ रे ।’उनका अनुसार बालकको काँधमा ट्युमर देखिएपछि जिल्ला अस्पताल सिन्धुलीले बालककी आमा विगामायालाई अपरेशन गरेका थिए । अपरेशन पश्चात बालकको काँधमा ठूलै ट्युमर देखिएपछि हजुर आमा तथा बुवा बुद्धराजले उनलाई काठमाडौं ल्याएका थिए ।
कसरी ह्न्छ यस्तो ट्युमर ?
भर्खर जन्मेका बालबालिकामा यस्तो ट्युमर बेला-बेला देखापर्ने कान्ति बाल अस्पतालका चिकित्सक रामानन्द प्रसाद चौधरी बताउँछन् । उनी भन्छन्, ‘शरीरको कुनै-कुनै ठाउँमा अक्सिजनको कमीले पानी जम्न पुग्छ । जसले गर्दा सानो-सानो फोका जम्मा भएर ठूलो ट्युमर विकसित हुन्छ ।’उनले यस्तै ट्युमर भएका आठ महिनाका अर्का एक बालकको पनि काठमाडौंको इशान अस्पतालमा बुधबारै अपरेशन हुन लागेको बताए ।उनले यस प्रकारको अप्रेशनमा बालकको ट्युमरबाट विस्तारै-विस्तारै पानी निकालेर ट्युमरलाई सामान्य अवस्थामा ल्याइने बताए ।
अभिभावक चिन्तामा
आर्थिक अवस्था कमजोर भएकाले बच्चाको उपचारमा धेरै खर्च हुने भन्दै अभिभावक चिन्तित छन् । बच्चाको उपचारमा अहिलेसम्म २५/३० हजार रुपैयाँ खर्च भइसकेको छ र अपरेशनमा थप ३५ हजार रुपैयाँ लाग्ने अस्पतालले बताएको स्याङ्तानले बताए ।‘अझ दश दिन आइसियुमा राख्नुपर्ने भनेकाले पैसाको जोहो कसरी गर्ने भन्ने चिन्ता लागेको छ’, बुद्धराजले अनलाइनखबरसित भने, ‘यसो कतैबाट सहयोग पाए बच्चाको उपचार राम्रोसित गर्दथें ।’उनले अहिले गाउँलेको र काठमाडौंमा भएका इष्टमित्रको सहयोगमा बालकको उपचार गरिरहेको बताए ।साथै, अस्पतालले बालकको पैसा मिनाहा नगर्ने बताएकाले आफूहरु थप समस्यामा परेको उनले जानकारी दिए ।

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment