managelai dus barsa kaid

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

भाद्र १२, २०७३- संगठित अपराधको अभियोगमा प्रहरी हिरासतमा रहेका दिपक मनाङेलाई १० वर्ष कैद सजायको अभियोग लगाउन प्रहरीले प्रस्तावित राय दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले जिल्ला न्यायाधिवक्ताको कार्यालयलाई अनुसन्धानको प्रस्तावित राय पठाउंदैमनोबैज्ञानिक त्रास देखाएर जर्वजस्ती रकम असुलीमा मनाङे संलग्न रहेको दावी गर्दै संगठित अपराध ऐन अन्र्तगत मुद्धा चलाउन राय दिएको हो ।

 परिसरले व्यवसायीलाई धम्क्याएको भन्दै मनाङेलाई असार १८ मा सहयोगी राजकुमार सिंह सहित पक्राउ गरेको थियो । उनको समुहमा अन्य तीन जना समेत रहेको भन्दै परिसरले उनीमाथी संगठित अपराध ऐन अन्र्तगतको अभियोगमा अदालतबाट अनुसन्धानको म्याद लिएको थियो ।
 परिसरका एसएसपी विक्रमसिंह थापाले अनुसन्धानमा मनाङे र उनको सहयोगी सिंह संगठित आपराधिक गतिविधीमा संलग्न देखिएको र जर्वजस्ती रकम असुलीमा संलग्नताबारे पर्याप्त प्रमाण समेत समावेश गरिएको बताए ।
 मनोबैज्ञानिक त्रास देखाएर उनले कसरी जर्वजस्ती पैसा उठाउंथे भन्ने पर्याप्त प्रमाण संकलन भएको छ,’ एसएसपी थापाले भने त्यसैको आधारमा प्रहरीले ५ देखी १० वर्षसम्म कैद सजाय हुने प्रावधान अनुसार मुद्धा प्रकृया अगाडि बढाउन राय दिएको छ ।
 प्रहरीले अनुसन्धान गरे पनि अभियोग पत्र भने जिल्ला न्यायाधिवक्ताबाट दर्ता हुन्छ । प्रहरीले अनुसन्धानको आधारमा जिल्ला न्यायधिवक्ताको कार्यालयमा प्रस्तावित राय सुझाव बुझाउंछ । जिल्ला न्यायाधिवक्ताले प्रहरीको राय स्विकार गर्न पनि सक्छन् प्रस्तावित असुरको दफा परिर्वतन समेत गर्न सक्छन् ।
 ठमेल आधार क्षेत्र भएका मनाङे विशेष अदालतमा आपराधिक गतिविधीबाट अकुत सम्पत्ति कमाएको भन्दै सम्पत्ति शुद्धिकरणको मुद्धा समेत खेपिरहेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनले आपराधिक गतिविधीबाट १४ करोड कमाएको दावी गर्दै विशेषमा मुद्धा दायर गरेको थियो । धरौटीमा छुटेका उनको सो मुद्धा फैसला भने भएको छैन ।

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment