भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
|
नेपाल मगर संघका पूर्व अध्यक्ष तथा पूर्वमन्त्री गोरेबहादुर खपाङ्गीमगरको ७० वर्षको उमेरमा २०७३ भदौं ११ गते शनिवार राति निधन भएको छ । शनिबार अपरान्ह ४ बजे पिसाव बन्द भइ शरीर सुन्निएपछि उनलाई बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा न्यूरो अस्पतालमै उनको निधन भएको गोरेबहादुर खपाङ्गी फाउण्डेशनका अध्यक्ष हुमबहादुर थापामगरले जानकारी दिए । अस्पतालबाट सामान्य उपचार गरेर खपाङ्गीमगरलाई फेरि नख्खु दोबाटोस्थि घरमा लगिएको थियो । त्यसपछि पुनः न्यूरो अस्पतालमा भर्ना गरिएका उनको राति १० बजेर २२ मिनेटमा निधन भएको हो । उनी ८ महिनासम्म महिला तथा बालबालिका मन्त्री भएका थिए । राष्ट्रिय सभागृहमा २०७० वैशाख १२ गते भएको आदिवासी जनजाति चलचित्र महोत्सवमा सहभागी हुन जाँदा प्रदर्शनी मार्गमा मोटरसाइकलले ठक्कर दिएपछि अचेत बनेका उनको अन्नपूर्ण न्युरो अस्पतालमा पहिलो शल्यकृया गरिएको थियो । शल्यकृया गर्दा स्वास्थ्यमा राम्रो नभएपछि खपाङ्गीमगरलाई उपचारका लागि सिंगापुर पनि लगिएको थियो । मोटरसाइकलले हानेपछि उनको अवस्था बोल्न र चलमल गर्न नसक्ने भएको थियो । २००३ साउन २५ गते उदयपुरको थाक्लेमा जन्मिएका उनी नेपाल मगर संघको संस्थापक पनि हुन् । २०४८ देखि निरन्तर ४ कार्यकाल मगर संघको अध्यक्ष भएका थिए । नेकपा मालेबाट राजनीति शुरु गरेका खपाङ्गीमगरलाई कम्युनिष्ट पार्टीका नेताहरुले गुरु पनि मान्ने गरेका छन । माले पार्टी छाडेर राष्ट्रिय जनमुक्ति पार्टी हुदै लिबरल डोमेक्रयाटिक पार्टीक अध्यक्ष भए । राजनीति शास्त्र विषयमा स्नातकोत्तर उनी पञ्चाय हुँदै २०४२ सालमा राष्ट्रिय शिक्षक संगठनको संस्थापक भएका थिए । पञ्चायतविरुद्ध संघर्ष गर्ने क्रममा उनी १४ महिना जेल पनि परे ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
0 comments:
Post a Comment