भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
८ भदौ, काठमाडौं । मातृ शिशु मृत्युदरको कारक मानिने बालविवाहको अवस्था नेपालमा अझै नाजुक रहेको पाइएको छ । बालविवाहबिरुद्धको चेतनास्तरमा बृद्धि भएपनि यसको क्रम भने घटेको छैन ।बिभिन्न गैरसरकारी संस्थाले ‘नेपालमा बालविवाहको अवस्थाबारे’ गरेको कार्यशाला गोष्ठीमा कार्यपत्र पेश गर्दै सहभागीहरुले नेपालमा बालविवाहको अवस्था अझै नाजुक रहेको बताएका हुन् ।गोष्ठीमा कार्यपत्र पेश गर्दै महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका शाखा अधिकृत शुशीला पौडेलले नेपालमा ४१ प्रतिशत केटीको बालविवाह हुँदै गर्दा ११ प्रतिशत केटाको बालबिवाह हुने गरेको जनाइन् ।बालविवाह सम्बन्धी उजुरीहरु पनि कम हुने गरेको उनको अनुभव छ । वालविवाह गराइदिने, वालविवाहका लागि दवाव दिनेलाई कानुनले तीन वर्ष कैद र जरिवाना तोकेको भन्दै पौडेलले त्यसलाई कार्यान्वयन गराउन सके पनि बालविवाहमा नियन्त्रण गर्न सकिने बताइन् । अझै पनि तराई र सुदुर पश्चिमका जिल्लामा बालविवाह बढी रहेको उनले जानकारी दिइन् ।नेपालले २०१५ मा वेलायतमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सन् २०२० भित्र वालविवाह अन्त्यका लागि सार्थक प्रयास गर्ने र सन २०३० भित्र बालविवाह अन्त्य गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको भन्दै मन्त्रालयलले उक्त लक्ष्य प्राप्तिका लागि कार्यक्रम अगाडि बढाएको उनले जानकारी दिइन् ।विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार अहिले पनि नेपालमा वाषिर्क १३ हजार बालविवाह हुँदै आएको छ । जसमध्ये बढी महिलाको हुने गरेको छ ।गैरसरकारी संस्था वेमन निडले पछिल्लो समयमा गोरखा र सिन्धुपाल्चोकमा गरेको अध्ययनले अझै पनि ग्रामिण वस्तीमा बालविवाह कायम रहेको तथ्यांक सार्वजनिक गरेको हो । पारिवारिक समस्या, आफै विवाह गर्नुले बालविवाहलाई बढावा दिइरहेको देखाएको छ । बालविवाहका कारण पारिवारीक समस्या उत्पन्न हुने, विद्ययालय छाड्नुपर्ने, स्वास्थ्यमा समस्या तथा लैंगिक हिंशासमेत बढ्ने गरेको अध्ययनले देखाएको छ ।सिन्धुपाल्चोक जिल्लामा पछिल्लो समयमा ७ वटा मात्र वालविवाहका घटनाहरु दर्ता भए पनि त्यस भन्दा बढी वालविवाहका घटना घटेको प्रतिवेदनले देखाएको छ । विवाह दर्ताका लागि उमेर पुगेको हुनुपर्ने हुँदा उमेर बढाएर दर्ता गर्ने चलन बढ्दै गएकोले पनि बालविवाहका घटना बाहिर नआएको बताइएको छ ।कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अर्को गैरसरकारी संस्था कृपाः गर्ल नट ब्राइडका आशिष लामिछानेले नेपालमा बालविवाह मध्ये ६१ प्रतिशत मागी विवाह हुने गरेको जानकारी दिए । त्यस्तै ६ प्रतिशत वालविवाह परिवारको दबाबबाट भएको तथ्यांकले देखाएको छ । ३३ प्रतिशत बालविवाह केटा केटी भागेर हुने गरेको उनले जानकारी दिए ।त्यस्तै बझाङमा अपहरणको शैलीमा वालविवाह प्रचलनमा रहेको समेत जानकारी दिए । अक्सफार्मको सहयोगमा भएको कार्यक्रमको मानव अधिकारका लागि महिला एकल महिला समूहकी अध्यक्ष निर्मला ढुंगानाको अध्यक्षतामा भएको थियो ।गैरसरकारी संस्थाहरु मानवअधिकारका लागि महिला एकल महिला समूह, पीपल इन नीड, वेमन नीडले लगायतले गोष्ठीको आयोजना गरेका हुन् ।
0 comments:
Post a Comment