Endhan byparma thagi garne pakrau..

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस


भाद्र १२, २०७३- गुणस्तर तथा नापतौल विभागले मापदण्ड भन्दा घटी परिमाण दिई ठगी गर्दै आएका ललितपुरका पेट्रोल पम्पमाथि कारवाही थालेको छ ।

विभागले कुमारीपाटीस्थित मच्छिन्द्र आयल स्टोरलाई जरिवाना तिराएको छ भने पुल्चोकस्थित साझा पेट्रोल पम्प, लेलेस्थित टिकाभैरव सेन्टर पम्प, कुमारीपाटीस्थित महायान पेट्रोल पम्प र हरिसिद्धिस्थित त्रिशक्ति फियुल स्टोरलाई थप एक महिनाका लागी सिलबन्दी गरेको छ ।

गुणस्तर तथा नापतौल विभागका बजार निरीक्षक कमल ओझाले कुमारीपाटीको मच्छिन्द्र बाहेक अन्य पम्पको हकमा थप अनुसन्धान गर्न एक महिना थप सिलबन्दी गरिएको बताए । ‘कैफियत भेटिएका सबै पम्पका सञ्चालकसँग स्पष्टीकरण सोधिसकेका छौं’ उनले भने, ‘अधिकांस पम्पका मेसिनमा गडबडी देखिएको छ ।’

उनले प्राय: सञ्चालकले मेसिनको दाँती मिलाएको देखिएको बताए । ‘थप अनुसन्धान गरी कारबाहीका दायरामा ल्याइनेछ,’ उनले भने, ‘ग्यासको हकमा कम्पनीमै गई अनुगमन गर्नुपर्ने देखिएको छ ।’ अनुगमन टोलीले सिद्धार्थ, लुम्बिनी, त्रिवेणी ग्यास उद्योगका डिपोहरुमा छापा मारेका थिए । छापा मार्नेक्रममा तौल घटी, म्याद नाघेका, तौल उल्लेख नभएका, लेदो जमेको, ग्यास लिक भएको सिलिन्डर फेला परेको थियो ।

अधिकांश डिपो सञ्चालकहरुले सम्बन्धित कम्पनीको लापरबाहीका कारणले यस्तो देखिएको स्पष्टिकरण दिएका छन् । गुणस्तर तथा नापतौल विभाग, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्चले अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा पुल्चोकस्थित साझा आयल स्टोरको ६ वटा पम्प मध्ये एउटा डिजेल पम्पले मापदण्ड भन्दा ५० एमएल घटी विरतण गरिएको पाइएको थियो । सोहि पम्पको अर्को पम्पमा चेकजाचकोक्रममा २० एमएल र अर्को मेसिनमा ‘अनसेट’ गर्दा १७ एमएलसम्म घटी वितरण गर्ने गरेको पाइएको थियो ।

लेलेस्थित टिका भैरव सेन्टर पम्पमा ७० एमएल, त्रिशक्ति भवानी फ्युल स्टोरले ५० एमएल र महायानले ५० एमएलसम्म डिजेल घटी विक्री वितरण गर्ने गरेको पाइएको थियो । गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले नियतवश मेसिन मिलाल गरेकाहरुलाई कालोबजारी ठगीमा मुद्दा चलाइने बताए । ‘साथै जरिवान र ६ महिना कैद सजायसमेत हुन सक्छ,’ उनले भने ।


भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment