Boksiko aaropma ek mahilako hatyaa

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस



भाद्र १३, २०७३( बोक्सीको आरोपमा नौबस्ताकी एक महिलाको हत्या गरिएको छ । नौबस्ता–९ तिलकपुरका २१ वर्षीय दिनेश थारूले श्रीमतीलाई बोक्सी लगाएको भन्दै छिमेकी डन्डी थारूलाई चिर्पटले हानेर हत्या गरेका हुन् ।
विवाह गरेको दुई महिनापछि नै कल्पना थारू बिरामी पर्न थालिन् । उपचार गराइन्, तर चार वर्षसम्म पनि निको भएन । उल्टै आँखा कमजोर भई दृष्टि गुम्दै गएपछि कल्पना र उनका पति हैरान भएर गुरुवा ९धामीझाँक्री० कहाँ धाउन थाले । कसैले भनिदियो, ‘यो सबै बोक्सी लागेर भएको हो ।’ बोक्सीको शंकामा दिनेशले गत बुधबार डन्डीको हत्या गरेका हुन् ।
साँझ साढे ८ बजेतिर डन्डी छिमेकी सितरानी थारूको आँगनमा बसेर मकै छोडाइरहेकी थिइन् । एक्कासि पछाडिबाट आएर दिनेशले रोटी पकाउने तावाले हाने । तावाको बिँड फुस्किएपछि उनले ढलेकी डन्डीलाई चिपर्टले हानेर रक्ताम्ये पारे । ‘अँध्यारो थियो, हामी गफ गर्दै मकै छोडाइरहेका थियौं, उसले पछाडिबाट आएर हान्यो र पछि भाग्यो,’ प्रत्येक्षदर्शी सितरानीले भनिन् ।

हल्ला मच्चिएपछि डन्डीका छोरा खुसीराम दौडिँदै आए । उनले हत्तपत्त सर्ट खोलेर आमाको फुटेको टाउको बाँधे । अनि, एम्बुलेन्स बोलाए । ‘दिनभर खेत जोतेर आएर नुहाउँदै थिएँ,’ २६ वर्षीय खुसीरामले भने, ‘दौडिँदै जाँदा त आफ्नै आमा, सास मात्र थियो ।’ अस्पताल पुर्याउँदा स्थिति नाजुक थियो । चिकित्सकले तत्कालै लखनउ रिफर गरे । सीमा नाघेर रुपैडिया नपुग्दै उनको मृत्यु भयो ।


भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment