The amazing school in the world

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस


The amazing school in the world






शिक्षा तथा ज्ञान आर्जन गर्ने थलो अर्थात् हिन्दु धर्मानुसार सरस्वतीको मन्दिर मानिने स्कुल मानिसलाई साँच्चीकै मानिस बनाउने थलो हो ।


संख्यामा गन्ने हो भने विश्वमा करोडौँ स्कुलहरु होलान् र हरेक स्कुलका आ आफ्ना विशेषता होलान् । औपचारिक शिक्षा तथा शिक्षा प्राप्त गर्ने स्कुल सम्बन्धी केही त्यस्ता रोचक तथ्यहरु छन् जो तपाइँलाई थाहा नहुनसक्छ ।



· भारतको लखनउमा रहेको सिटी मन्टेश्वरी स्कुल दुनियामा सबैभन्दा धेरै विद्यार्थीले पढ्ने स्कुल हो । यो स्कुलमा ३२ हजार विद्यार्थी छन् ।

· चीनमा स्कुलमा विद्यार्थीहरुलाई दुनियामै सबैभन्दा धेरै होमवर्क दिइन्छ । हरेक किशोर किशोरी विद्यार्थीले हप्तामा १४ घण्टा त होमवर्कमै बिताउँछन् ।

· चिलीमा वर्षमा ३ महिना गर्मी विदा दिइन्छ ।

· नेदरल्याण्डमा बच्चा ४ वर्षको भएको दिनमा स्कुल पठाउने चलन छ । अर्थात् वर्षभरीनै हरेक त्यहाँका स्कुलमा नयाँ विद्यार्थी भर्ना हुन आइरहन्छन् ।· इटालीको टूरिनमा विश्वको सबैभन्दा सानो स्कुल छ । उक्त स्कुलमा केवल एकजना मात्र विद्यार्थीले पढि्छन् । ती विद्यार्थीको नाम सोफिया हो । यो स्कुलमा शिक्षक पनि एकजना मात्र छन् ।

· फिनल्याण्डमा सात वर्षका भएपछि मात्र बालबालिका स्कुल जान थाल्दछन् ।

· ब्राजिलमा परिवारसँगै बसेर खाना खानु आम संस्कृति हो । त्यसैले त्यहाँ बिहान ७ बजेदेखि स्कुल सुरु हुन्छ र विद्यार्थीलाई घरमा परिवारसँग लञ्च खानका लागि दिउसो लामो समय विदा दिइन्छ ।

· इरानमा कलेजमा नपुग्दासम्म छात्रा र छात्रलाई छुट्टाछुट्टै पढाइन्छ ।

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment