Buss accident at way of nagarkot

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस







९ भदौ, काठमाडौं । भक्तपुरको नगरकोटस्थित जितपुर भन्ने स्थानमा जन्ती बस दुर्घटना हुँदा ३० जनाभन्दा बढी घाइते भएका छन् ।चरेलीबाट जन्ती लिएर काठमाडौंको कोटेश्वर आउँदै गरेको बा ४ ख १९०५ नम्बरको बस घुम्तीमा मोडिन नसक्दा दुर्घटनामा परेको भक्तपुरकी एसपी किरण बज्राचार्यले जानकारी दिइन् ।बस सडकबाट करिब २५ मिटर तल खसेको एसपी बज्राचार्यले बताइन् ।घाइतेमध्य १८ जनाको भक्तपुर अस्पतालमा र ११ जनाको मध्यपुर अस्पतालमा उपचार भैरहेको छ । घाइतेमध्य केहीको अवस्था गम्भिर देखिएको छ ।एसपी बज्राचार्यले भनिन्, ‘यो रुटमा चल्ने बस होइन । त्यसैले बाटोबारे जानकारी नहुँदा बस दुर्घटनामा परेको हुनसक्ने अनुमान छ ।’



भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment