petrolko hahakar nepal vari nai

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस







४ भदौ, काठमाडौं । नेपाल आयल निगमले इन्ध वितरण नगर्दा बजारमा एक दिनमै इन्धनको अभाव देखिएको छ ।सार्वजनिक विदा भन्दै निमगले बिहीबार इन्धन बितरण नगर्दा बजारमा चरम अभाव देखिएको हो । बजारमा इन्धन अभाव हुँदा शुक्रबार अधिकांश पेट्रोल पम्पमा इन्धन भर्ने उपभोक्ताको लाइन लागेको थियो ।निगमले बिहीबार जनै पूणिर्माको दिन सार्वजनिक विदा भएकाले इन्धान वितरण नगर्दा शुक्रबार बजारमा समस्या देखिएको हो ।इन्धन वितरण नियममित नहुँदा प्रायः सार्वजनिक विदाको दिनमा बजारमा इन्धन अभाव हुने गरेको निगमको दाबी छ ।तर,यसअघि नाकाबन्दीबाहेक सार्वजनिक विदामा कहिल्यै इन्धनको अभाव भएको थिएन। यस पटक निगमले जानजान यस्तो काम गरेको आजको राजधानी दैनिकले जनाएको छ ।सार्वजनिक विदाअगाडि नै पर्याप्त इन्धन वितरण नगरी जानाजान अभाव सिर्जना गरेको उपभोक्ताको गुनासो छ ।निजी पेट्रोलियम व्यवसायीले भने निगमले मागअनुसार इन्धन वितरण नगर्दा पम्पमा अभाव भएको बताएका छन् ।पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले सार्वजनिक विदाको अघिल्लो दिन निमगमले पम्पलाई इन्धन वितरण नगर्दा बजारमा अभाव भएको बताए ।

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment