Election about Nebi sng

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस



१ भदौं, काठमाडौं ।  उद्घाटन भएको ११ दिनपछि नेपाल विद्यार्थी संघको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ ।
उद्घाटन भएको डेढ सातासम्म पनि मिल्लन नसकेको प्रतिनिधि विवाद सहमतिमा सुल्झिएपछि निर्वाचन हुने भएको हो ।

बिहान ७ बजेदेखि साझँ ७ बजेसम्म मतदान गर्ने कार्यक्रम निर्वाचन आयोजले सार्वजनिक गरेको भएपनि ८ बजेसम्म मतदान सुरु भएको छैन ।

मतदान सकिएसँगै मतगणना सुरु हुने भएको छ । विद्युतिय मतदान हुने भएकाले निर्वाचन सकिएको दुई घण्टामै परिणाम सार्वजनिक गर्न सकिने निर्वाचन समतिले जनाएको छ ।

निर्वाचनका लागि मतदाताबाट चुनिने १ सय २९ पदका लागि ६ सय ८५ जनाको उमेदवारी परेको छ । कुल १ सय ५१ सदस्यीय कार्यसमितिमध्ये १ सय २९ जना मतदानबाट र बाँकी मनोनित हुनेछन् ।

एक अध्यक्ष, ११ उपाध्यक्ष, दुई महामन्त्री १३ सहायकमन्त्री, एक कोषध्यक्ष र १ सय १ जना केन्द्रीय सदस्य निर्वाचनबाट चयन हुनेछन् ।

सभापतिको एक पदमा ८ जनाको उम्मेदवारी परेको थियो । सभापतिमा नैनसिंह महर, मनोजमणि आचार्य, आनन्दराज त्रिपाठी, शुभराम बस्नेत, लक्ष्मण आचार्य, पदमराज पन्त, नगेन्द्रसिंह ठकुरी र बचन कार्कीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । सभापतिका उमेदवार पदमराज पन्तले उमेदवारी फिर्ता लिएसँग ७ जना उमेदवार चुनावी मेदानमा उत्रिएका हुन् ।

नैनसिंह महर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाको पक्षको साझा उम्मेदवार हुन् । आचार्य र त्रिपाठी नेता रामचन्द्र पौडेल पक्षका र बस्नेत खुमबहादुर खड्का पक्षका हुन् ।

दुई महामन्त्री पदका लागि ५ जनाको उम्मेदवारी परेको छ भने एक कोषाध्यक्ष पदका लागि ४ जनाले उम्मेदवारी दर्ता गराएको केन्द्रीय निर्वाचन समितिका संयोजक भरतप्रसाद खरेलले जानकारी दिए ।

केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि मंगलबार अपरान्ह १२ बजेसम्मको समय दिएको थियो ।

प्रतिनिधि छनोटको विवादका कारण महाधिवेशन उदघाटन भएको १० औं दिनमा बल्ल उम्मेदवारी दर्ता भएको छ । नौ वर्ष पछि आयोजित नेविसंघको महाधिवेशन कांग्रेस सभापति शेरबहादुर देउवाले यही साउन २३ गते भृकुटीमण्डपमा उदघाटन गरेका थिए

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment